अपदस्थ राष्ट्रपति मादुरोले अमेरिकी अदालतमा अस्वीकार गरे सबै आरोप : भने,”म आफ्नो देशको राष्ट्रपति हुँ”

अपदस्थ राष्ट्रपति मादुरोले अमेरिकी अदालतमा अस्वीकार गरे सबै आरोप : भने,”म आफ्नो देशको राष्ट्रपति हुँ”


  • बिबिसी
  • मंगलबार, २२ पुष २०८२
  • 3.6K
    Shares

अदालतमा पेश गरिंदै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनको श्रीमती

पोखरा, २२ पुष २०८२।

भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोले अमेरिकाको न्युयोर्कस्थित संघीय अदालतमा आफूविरुद्ध लगाइएका सबै आरोपहरु अस्वीकार गरेका छन्।

कडा सुरक्षाका साथमा पहिलो पटक सार्वजनिक रुपमा न्युयोर्क संघीय अदालतमा उपस्थित गराइएका अपदस्थ राष्ट्रपति मादुरोले आफू बिरुद्ध लगाइएको संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोप अस्वीकार गरेका हुन्।

उनले न्यायाधीश समक्ष अहिले पनि आफू नै भेनुजुएलाको राष्ट्रपति रहेको बताएका छन् । अदालतमा मादुरोले न्यायाधीशसमक्ष भने, ‘म निर्दोष छु । म दोषी होइन । म राम्रो मान्छे हुँ र आफ्नो देशको राष्ट्रपति हुँ ।’ त्यसपछि अदालतले मादुरोको मुद्दामा मार्च १७ मा अर्को सुनुवाइ हुने जनाएको छ ।

लागूऔषध तस्करी गरेको आरोपमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासबाट पक्राउ गरेर मादुरोलाई न्यूयोर्क ल्याइएको थियो । सोमबार नीलो जेल पोशाकमा मादुरो र उनकी पत्नीलाई अदालतमा उपस्थित गराइएको थियो ।

यो प्रारम्भिक कानुनी प्रक्रिया भए पनि यसले मादुरोमाथि अमेरिकामै मुद्दा चलाउन मिल्छ कि मिल्दैन भन्ने विषयमा लामो कानुनी लडाइँ शुरु हुने संकेत गरेको बीबीसीले जनाएको छ । यी आरोपहरू पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मादुरोलाई पक्राउ गरी अमेरिका ल्याउन आधारका रूपमा प्रयोग गरेको बताइएको छ ।

मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) मा राखिएको छ । सन् १९९० को शुरुवातमा स्थापना भएको यो कारागारमा हाल करिब एक हजार तीन सय कैदी छन् ।

म्यानह्याटन र ब्रुकलिनका संघीय अदालतमा मुद्दा खेपिरहेका अभियुक्तहरूलाई प्राय: यहीँ राखिने गरिन्छ । यहाँ गिरोहसँग सम्बन्धित अभियुक्त, लागूऔषध तस्करका आरोपीसमेत राखिन्छन् ।

प्रतिक्रिया