दुर्गा प्रसाईंले जनमतसंग्रहबारे निर्णय लिन सरकारलाई दिए, आइतवारसम्मको समय

दुर्गा प्रसाईंले जनमतसंग्रहबारे निर्णय लिन सरकारलाई दिए, आइतवारसम्मको समय


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ पुष २०८२
  • 4.9K
    Shares

पोखरा १८ पुस २०८२।

नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सरकारलाई जनमतसंग्रहबारे निर्णय लिन आउने आइतवारसम्मको समय दिएका छन्मा।

बिहीवार सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले यसका लागि आइतवारसम्मको अल्टिमेटम दिएको बताए।

उनले सरकारले आगामी आइतवारसम्म पनि आफूहरुका माग र जनमतसंग्रहबारे निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिए।

उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा जान नपाउने बताए। उनले सरकार जेन–जीका माग त्यत्तिकै राखेर निर्वाचनमा जान नपाउने बताए।

सरकारले एउटा पक्षलाई मात्रै बोकेर हिँडिरहेको भन्दै यसको परिणाम राम्रो नहुने पनि चेतावनी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार