सेवाग्राही झुन्डिएपछि गाविस कार्यालयामा आगजनी

सेवाग्राही झुन्डिएपछि गाविस कार्यालयामा आगजनी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ असार २०७३
  • 13.9K
    Shares

मोरङको भौडाहामा एकजना सेवाग्राहीले आफुले चाहेको सेवा प्राप्त नगरेको झोँकमा गाविस कार्यालयमै झुन्डिएर आत्महत्या गरेपछि तनाव सिर्जना भएको छ ।स्थानीयवासीले गाविस कार्यालयमा आगजनी गरिदिएका छन ।

भौडाहा ८ का ५० वर्षीय चेइता सरदारको शव गाविस परिसरमै झुन्डिएको अवस्थामा मंगलबार साँझ फेला परेको हो । चर्पी निर्माण गर्न सिमेन्टको ऋण लिन गएका चेइतालाई गाविस कार्यालयले रित्तै फर्काई दिएपछि उनले आत्महत्या गरेको गाउँलेको दाबी छ । तर, गाविस सचिव इश्वर पोखरेलले भने आरोप गलत भएको बताएका छन ।

घटनापछि गाउँलेले गाविस कार्यालयमा आगजनी गरेर फर्निचर, कम्यूटर, कागजात जलाई दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनालाई थप उग्र हुन नदिन गाउँमा थप प्रहरी परिचालन गरिएको जनाईएको छ ।

प्रतिक्रिया