पोखरा , ११ पुष २०८२।
सुनसरीमा एक युवाले आफ्नै श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाई हत्याको प्रयास गरेका छन्।
सुनसरीको दुहबी नगरपालिका-३ स्थित मुक्तिनाथ मन्दिर टोलमा बसोबास गर्ने ३३ वर्षीय मुस्तफा शेखले शुक्रबार आफ्नी २८ वर्षीया श्रीमती खुस्बु खातुनलाई शरीरमा पेट्रोल छर्किएर आगो लगाई हत्याको प्रयास गरेका हुन्।
घरायसी विवादका कारण मुस्तफा शेखले आफ्नी श्रीमती खुस्बु खातुनलाई शरीरमा पेट्रोल छर्किएर आगो लगाई हत्याको प्रयास गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशबकुमार थेबेले जानकारी दिए।
पीडित महिलाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको बताईएको छ। घटना बारे प्रहरीले गहन अनुसन्धान गरिरहेको जनाएको छ।