झापाको रतुवा खोलाबाट ठुलो मात्रामा अत्याधुनिक हतियार र गोली बरामद

झापाको रतुवा खोलाबाट ठुलो मात्रामा अत्याधुनिक हतियार र गोली बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ पुष २०८२
  • 6.5K
    Shares

पोखरा ५ पुष २०८२।

झापाको रतुवा खोलाबाट अत्याधुनिक हतियार र गोली बरामद भएको छ।

झापाको दमक नगरपालिका वडा नम्बर १ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले अत्याधुनिक हतियार र गोली बरामद गरेको हो ।

काँसघारीमा हतियार देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। उक्त खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको प्रहरी टोलीले काँसघारीमा खिया लागेको अवस्थामा अत्याधुनिक हतियार र गोलीहरु बरामद गरेको हो। प्रहरीले उक्त स्थानाबाट तीन थान इन्सास राइफल र विभिन्न प्रकारका एकसय ६० थानभन्दा बढी गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अभिलेखअनुसार फेला परेका हतियार गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय दमकबाटै लुटेर लगेका थिए ।​ फेला परेका हतियार र गोली इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार