यी हुन् कास्की जिल्लाबाट एमालेको केन्द्रीय नेतृत्वमा पुगेका नेताहरु

यी हुन् कास्की जिल्लाबाट एमालेको केन्द्रीय नेतृत्वमा पुगेका नेताहरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ पुष २०८२
  • 7.1K
    Shares

पोखरा ३ पुष २०८२।

नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट कास्की जिल्लाका ११ जना नेताहरुले केन्द्रमा प्रतिनिधित्व गरेका छन्।

आज काठमाण्डौमा सम्पन्न महाधिबेशनबाट गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा ११ जनाले पार्टी केन्द्रमा प्रतिनिधित्व गरेका हुन्।

पूर्व मुख्यमन्त्री अधिकारी पार्टीको केन्द्रीय सचिबमा निर्वाचित भएका छन् भने पार्टीको केन्द्रीय अनुसन्धान विभागको अध्यक्षमा प्रा. डा. भरत पहारी निर्बिरोध निर्वाचित भएका छन् ।

कास्की जिल्ला पार्टी इन्चार्ज रहेका कृष्णबहादुर थापा पूर्व खेलकुद मन्त्री जगत बिश्वकर्मा, युवा संघ नेपालका अध्यक्ष समेत रहेका राजिब पहारी, पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेबी गुरुङ, गण्डकी प्रदेश सभा सदस्यद्वय प्रभा कोइराला तथा देबका पहारी युवा नेता रश्मि आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कास्कीकै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, एमाले नेत्री क्रान्ति बुर्लाकोटी पनि केन्द्रीय सदस्य बनेका छन् भने लेखा आयोग सदस्य केश बहादुर केसी निर्वाचित भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार