नवलपरासीस्थित परालको कुन्युमा भेटियो ४५ लाख रुपियाँ बराबरको इलेक्ट्रिक चुरोट

नवलपरासीस्थित परालको कुन्युमा भेटियो ४५ लाख रुपियाँ बराबरको इलेक्ट्रिक चुरोट


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ पुष २०८२
  • 5.9K
    Shares

पोखरा, २ पुष २०६२।

नवलपरासीस्थित एक परालको कुन्युमा ४५ लाख रुपियाँ बराबरको इलेक्ट्रिक चुरोट अर्थात ईलेक्ट्रिक भेप भेटिएको छ।

सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-६ स्थित कब्रस्थान क्षेत्रस्थित परालको कुन्युमा लुकाई राखेको करिब ४५ लाख रुपैयाँ बराबरका ईलेक्ट्रिक भेप भेटिएको हो।

पौष २ गते विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरको टोलीले भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा राखिएका ९ कार्टुनमा प्याक गरिएका १ हजार ८ सय वटा ई-भेप फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बरामद गरिएका ई-भेपहरू आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार