दाङको कौडिया पुलबाट यात्रुबाहक बस खस्यो : २२ जना घाइते (नामावलीसहित)

दाङको कौडिया पुलबाट यात्रुबाहक बस खस्यो : २२ जना घाइते (नामावलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ मंसिर २०८२
  • 2.6K
    Shares

पोखरा, २५ मङ्सिर २०८२।
दाङको कुडिया पुलबाट बस खस्दा २२ जना घाइते भएका छन्।

डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस आज बिहान करिब ३ बजे पूर्व–पश्चिम राजमार्ग अन्तरगतको लमही नगरपालिका–१ कौडियापुलबात खसेर दुर्घटनाग्रस्त हुँदा २२ जना यात्री घाइते भएका हुन्।

दुर्घटनास्थलबाट घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशनराज पाण्डेयको टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ । घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । जस मध्ये २ जनालाइ थप उपचारको लागि बाहिर पठाउनुपर्ने हुनसक्ने प्रहरी निरिक्षक पाण्डेले जानकारी दिए । बस दुर्घटनाको कारण के हो भनेर अनुसन्धान भइरहेको उनले बताए ।पट्टा भाँचिएर बस दुर्घटनाम परेको प्रारम्भिक बयान प्रहरी समक्ष बस चालकले दिएका छन ।

प्रतिक्रिया