धादिङको धुनिबेंशीमा एकै ठाउँमा एकैपटक सातवटा गाडी ठोक्किए

धादिङको धुनिबेंशीमा एकै ठाउँमा एकैपटक सातवटा गाडी ठोक्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० मंसिर २०८२
  • 3.4K
    Shares

पोखरा, २० मङ्सिर २०८२।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंशी–६ चालिसेमा सातवटा सवारी एकै ठाउँमा एकैपटक ठोक्किएका छन्।

भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि स्कुल बससहित चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकललाई ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको छ। दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ।

दुघटनास्थलमा रहेका पत्रकार आशीष ठकुरीअनुसार दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन्।

घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौँतर्फ पठाइएको र प्रहरीद्वारा दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया