पोखरा, २ मङ्सिर २०८२।
अभियन्ता दुर्गा प्रसाई मध्यरातमा पक्राउ परेका छन्। उनी भक्तपुरस्थित उनकै घरमा सुतिरहेका बेला उठाएर दुई दर्जन बढी प्रहरीले मध्यरातमा पक्राउ गरेको हो।
हिंसा भड्किने गरी अराजक गतिविधिमा गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।
प्रसाईको सचिवालयले दिएको जानकारी अनुसार अहिले उनलाई प्रहरीले भद्रकाली लगेको छ।
दुर्गा प्रसाईले आन्दोलनको घोषणा गरेपश्चात प्रहरीले यस विषयलाई गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो।