पोखरा, १७ कार्तिक २०८२ ।
पाँचथरमा एक युवाले आफ्नै बुबाको हत्या गरेका छन्।
पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापका ३१ वर्षीय सन्देश राईली आफ्नै ६९ वर्षीय बुबा युबराज राईको हत्या गरेका हुन्।
कात्तिक १६ गते बिहान साढे १० बजेतिर वादविवादका क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले आफ्नै बुबा युवराजको शरीरका विभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको टोलीले बुबाको हत्या गर्ने सन्देश राईलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ।
मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ल्ला अस्पताल पाँचथर पठाएको छ । हत्यामा संलग्न राईको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।