नवलपरासीमा घरायसी झगडामा मध्यराती आफ्नै सहोदर दाजुको हत्या

नवलपरासीमा घरायसी झगडामा मध्यराती आफ्नै सहोदर दाजुको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८२
  • 4.5K
    Shares

पोखरा, १७ कार्तिक २०८२ ।

नवलपरासीमा एक युवाले आफ्नै दाजुको हत्या गरेका छन्।

नवलपरासीको बर्दघाट नगरपालिका–१ पुनर्बासमा ३४ वर्षीय चित्रबहादुर शाहीले आफ्ना ३६ वर्षीय सहोदर दाजु कृष्णबहादुर शाहीको हत्या गरेका हुन् ।

घरायसी झगडाको क्रममा चित्रबहादुरले शुक्रबार राति करिब १ः३० बजे दाजु कृष्णबहादुर शाहीलाई घरमै राखिएको टाइल, इँटा र कोदालोको बिडले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

उक्त घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक कृष्ण डाँगीको कमान्डमा खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया