काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट भागेका बैंकिङ कसुरका कैदी पाल्पामा पक्राउ

काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट भागेका बैंकिङ कसुरका कैदी पाल्पामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८२
  • 2.2K
    Shares

पोखरा, १७ कार्तिक २०८२ ।

काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट भागेका एक जना कैदी पाल्पामा पक्राउ परेका छन्।

गत भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवल कारागारबाट भागेका पाल्पाको पूर्वखोला गाउँपालिका–३, का ३५ वर्षीय रुद्रप्रसाद न्यौपाने आइतबार पाल्पाबाट पक्राउ परेका हुन्। न्यौपाने बैँकिङ् कसुरमा जगन्नाथदेवल कारागारमा बन्दी रहेका थिए।

कारागारबाट भागेपछि घरमा आएर लुकिछिपी बस्दैआएका न्यौपानेलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए। पक्राउ गरिएका न्यौपानेलाई पाल्पास्थित कारागारमा बुझाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया