आयल निगममा डेलिभरी दिनुपर्ने पेट्रोल बाटोमा नै बिक्री : हेटौडाबाट पम्पका कर्मचारीसहित चार जना पक्राउ

आयल निगममा डेलिभरी दिनुपर्ने पेट्रोल बाटोमा नै बिक्री : हेटौडाबाट पम्पका कर्मचारीसहित चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८२
  • 3.4K
    Shares

पोखरा, १७ कार्तिक २०८२ ।

काठमाण्डौस्थित नेपाल आयल निगमको थानकोट डिपोमा डेलिभरी दिनुपर्ने पेट्रोल बाटोमा नै बिक्री गर्दा गर्दै हेटौडाबाट चार जना पक्राउ परेका छन्।

नेपाल आयल निगम अम्लेखगञ्ज डिपोबाट थानकोट डिपोका लागि आइतबार साँझ करिब ४:३० बजे पेट्रोल लोड गरेर हिडेको ना४ख ९३७७ नम्बरको पेट्रोल ट्याङ्करबाट पेट्रोल चोरी गरेर बिक्री गर्दागर्दै हेटौडाबाट चार जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा उक्त ट्याङ्करका चालक र मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टर प्रालिमा कार्यरत तीन जना कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। उनीहरुलाई उक्त पेट्रोल ट्यांकरबाट अबैध तरीकाले पेट्रोल झिकी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ।

उनीहरूविरुद्ध थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया