पोखरा, १६ कार्तिक २०८२ ।
मोटरसाइकल चोरी गरेको आरोपमा म्याग्दीबाट एक जना युवा पक्राउ परेका छन्।
म्याग्दी मंगला गाउँपालिका वडा नं. १ पूर्णगाउँ बस्ने वर्ष १९ को सुरेन्द्र क्षेत्री मोटरसाइकल चोरी गरेको आरोपमा गत शुक्रबार बेनी नगरपालिका वडा नं. ८ न्युरोडबाट पक्राउ परेका हुन्।
अभियुक्त क्षेत्रिले गएको कार्तिक ११ गते बेलुका नौ बजेको समयमा बेनी नगरपालिका वडा नं. ७ मंगलघाट निवासी कमल घर्तीले आफ्नै घर अगाडी पार्किङ गरी राखेको ध १ प ७४९३ नम्बरको बजाज कम्पनीको पल्सर मोटरसाइकल चोरी गरेको प्रहरिले जानकारी दिएको छ।
प्रहरीले उक्त मोटरसाइकल बेनी १ खबरा स्थित सडक छेउमा फेला पारेको थियो।
मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका क्षेत्रिबिरुद्ध म्याग्दी जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा मुद्दामा म्याद थापा भै अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।