आफुले चलाएको कारले घाइते भएकी महिलाको उपचार खर्च व्यहोर्न आनाकानी गर्ने वडाध्यक्ष सुनसरीमा पक्राउ

आफुले चलाएको कारले घाइते भएकी महिलाको उपचार खर्च व्यहोर्न आनाकानी गर्ने वडाध्यक्ष सुनसरीमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ कार्तिक २०८२
  • 2.9K
    Shares

पोखरा, १६ कार्तिक २०८२ ।

सुनसरीमा आफ्नो कारले ठक्कर दिएर घाइते बनाई शारीरिक रुपमा अशक्त बनाइएकी महिलाको पालनपोषण र उपचारमा बेवास्ता गर्ने वडाध्यक्ष पक्राउ परेका छन्।

इनरूवा ६ का वडा अध्यक्ष सुमन थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले २०८१ साल फागुन २२ गते साँझ प्र.१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलको पछाडि सवार देविका खनाल गम्भीर घाइते भएकी थिइन्। दुर्घटनामा घाइते खनालको उपचार गर्नुको सट्टा उनी राजनीतिक पहुँच देखाउदै विभिन्न बहाना बनाएर पन्छिदै आएका थिए।

विभिन्न अस्पतालमा उपचार गरी डिस्चार्ज भएकी उनी अशक्त अवस्थामा छिन। त्यसपछि पीडित पक्षले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेपछि उच्च अदालतले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दिएपछि थापा विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
गत साउन १६ गते मुद्दा दर्ता भई साउन २० गते थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पुर्जी पश्चात् प्रहरीकाे खाेजीमा रहेका इनरूवा ६ का वडा अध्यक्ष सुमन थापा अन्तत: प्रहरीकाे नियन्त्रणमा आएका छन । कार्यवाहककाे जिम्मेवारी सदस्यलाई सुम्पिएर लामाे समययता घर बाहिर रहँदै प्रहरीबाट तर्किदै आएका थापा आज पकली प्रहरीको सम्पर्कमा आएका हुन ।

थापाका आफन्त र उनी लुकेर बस्न सक्ने सम्भावित स्थानमा प्रहरीले निगरानी बढाएपछि केहिदिन अघिबाटै उनी आईतवार प्रहरी सम्पर्कमा आउन सक्ने अनुमान लगाइएको थियाे । स्राेतका अनुसार थापा पकली थानामा निवेदन सहित पुगेका थिए ।

थापा प्रहरी नियन्त्रणमा रहेकाे पुष्टि गरेका जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख केशव थेवेले कानुन बमोजिमको प्रक्रिया अघि बढ्ने बताए । उनलाई सवारी दुर्घटनाबाट अंगभंग सम्बन्धि मुद्दा चलाइने प्रहरीले बताएको छ।

प्रतिक्रिया