मोरङ रंगेलीमा महिलाले आफ्नो घरमा आइरहने पुरुषको लिङ्ग तातो पन्यू डामिन्, टाप कसिन्

मोरङ रंगेलीमा महिलाले आफ्नो घरमा आइरहने पुरुषको लिङ्ग तातो पन्यू डामिन्, टाप कसिन्


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ कार्तिक २०८२
  • 3.8K
    Shares

पोखरा, १६ कार्तिक २०८२ ।

मोरङ रंगेलीकी एक महिलाले तातो पन्यू तताएर आफ्नो घरमा आइरहने पुरुषको लिङ्ग र मुखमा डामेर घाइते बनाएकी छन् ।

मोरङ रंगेली नगरपालिका माझी टोल घर भई हाल कटहरी २ आदर्श टोलमा डेरा गरी बस्ने ३० वर्षीया सन्तोषी माझीले आज बिहान ४ बजे धनपालथान गाउँपालिका ४ कर्सिया बस्ने ३८ वर्षीय चन्दन पासवानलाई त्यसरी डामेकी हुन् ।

पासवान बेलाबेलामा आइ माझीको घरमा बस्दै आएका थिए । राति पासवान कोठामा आई खाना खाई सुतेकोमा माझीले तातो पन्यू तताई लिङ्ग र मुखमा डामी घाइते बनाएकी हुन् । घाइतेको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

सोही अस्पतालमा खटिएको प्रहरी कर्मचारीले आज बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएपछि वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरी टोली खटिएको छ । माझी तत्काल फरार रहेकीले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया