पोखरा, १५ कार्तिक २०८२ ।
बाजुरामा शनिबार दिउसो बस दुर्घटनाग्रस्त हुँदा १४ जना यात्री घाइते भएका छन्।
बाजुराको कोल्टीबाट धनगढीका लागि छुटेको सदरमुकामतर्फ आउँदै गरेको सु.प.प्र.०१ ००१ ख ३१८१ नम्बरको बस बाजुराको बुढीनन्दा नगरपालिका–७ स्याल काटिया नजिक शनिबार दिउँसो दुर्घटनाग्रस्त हुँदा १४ जना यात्री घाइते भएका हुन्।
घाइते १४ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये चार जनाको उपचार कोल्टी आधारभूत अस्पतालमा भइरहेको छ भने बाँकी १० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य सम्पन्न गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।