पोखरा, १४ कार्तिक २०८२ ।
दुई महिना अघिदेखि बेपत्ता ओखलढुङ्गा घर भएका एक युवाको कंकाल काभ्रेमा भेटिएको छ।
दुई महिनादेखि बेपत्ता रहेका ओखलढुङ्गाको मेलुङ गाउँपालिका ८ घर भई हाल काभ्रेपलान्चोकको पनौती नगरपालिका-१ डेरा बस्ने ३६ वर्षका फुर्वा तामाङको मानव कंकाल काभ्रेमा भेटिएको हो।
गएको भदौ १२ गतेबाट बेपत्ता रहेका तामाङको मानव कंकाल पनौती नगरपालिका नियालो भञ्ज्याङ सिमसारडाँडामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार , स्थानीय जनक सापकोटाको पाखो बारीमा काफलको रुखको फेदमा बिहीबार मानव कंकाल फेला परेको थियो। काफलको बोटमा हरियो रंगको पछ्यौरी झुण्डीरहेको र नजिकै निलो रंगको चप्पल र कालो रंगको ट्रयाकसुट फेला परेको थियो।
उनकी श्रीमती डोल्मा शेर्पाले घटनास्थलमा भेटिएको मोबाइल, कपडा लगायतका आधारमा उक्त शव आफ्ना पतीको भएको सनाखत गरेकी छन्।