तेह्रथुममा जिप मोटरसाइकलसँग ठोक्किएपछि सडकबाट खस्यो : १० जना घाइते

तेह्रथुममा जिप मोटरसाइकलसँग ठोक्किएपछि सडकबाट खस्यो : १० जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ कार्तिक २०८२
  • 3.9K
    Shares

पोखरा, १४ कार्तिक २०८२ ।

तेह्रथुममा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

तेह्रथुमकै आठराईबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो जिप मेची राजमार्गमा पर्ने इलामको देउमाइ नगरपालिका–१ कुखुरे भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प १३६७ नम्बरको मोटरसाइकलसँग ठोक्किएपछि जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटना पछि प्रहरीले मोटरसाइकल र बोलेरो चालक जिल्ला तेह्रथुम आठराई गाउपालिका वडा नम्बर २ बस्ने अन्दाजी बर्ष २६ को रबिन तामाङलाई प्रहरी चौकी रक्सेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बोलेरोमा सवार घाइतेहरु निम्न:-
१. जिल्ला झापा बिर्तामोड न.पा. ६ गरामुनी बस्ने वर्ष ३० कि सुशिला तिमल्सिनाको भित्री चोट, बोल्न नसक्ने मध्यम ।
२. जिल्ला तेह्रथुम आठराईत्रियुगा गा.पा. १ बस्ने वर्ष ६५ को छबीलाल गुरुङको टाउको र दुवै घुँडामा चोट, अवस्था बोल्न सक्ने सामान्य ।
३. ऐ.ऐ. बस्ने वर्ष ३० को प्रकाश शेर्पाको निधार र नाकमा सामान्य चोट, अबस्था बोल्न सक्ने सामान्य ।
४. जिल्ला ताप्लेजुङ आठराईत्रिवेणी गा.पा. ०१ निगुरादिन बस्ने वर्ष ६४ कि डम्मर कुमारी गुरुङको अनुहारमा सामान्य चोट, अबस्था बोल्न सक्ने सामान्य ।
५. ऐ.ऐ. बस्ने वर्ष ३० कि इन्द्र गुरुङको अनुहारमा चोट, अबस्था बोल्न सक्ने सामान्य ।
६. ऐ.ऐ. बस्ने वर्ष २८ कि अञ्जना गुरुङको वाँया हातमा चोट, अबस्था बोल्न सक्ने सामान्य ।
७. जिल्ला धनकुटा घर बताउने वर्ष ३२ कि सुष्मा लिम्बूको वाँया हातमा सामान्य चोट, अबस्था बोल्न सक्ने सामान्य ।
८. जिल्ला पाँचथर फालेलुङ गा.पा. ०६ सिदिन बस्ने वर्ष २३ कि असिना तामाङको निधारमा सामान्य चोट, अबस्था बोल्न सक्ने सामान्य ।
९. जिल्ला झापा बुद्धशान्ति गा.पा. ०४ जयपुर बस्ने वर्ष २७ कि चन्द्रकला कालिकोटे बाहिरी चोट नभएको, अबस्था बोल्न सक्ने सामान्य ।
मो.सा. चालक घाइते निम्न:-
१०. मो.सा. चालक जिल्ला पाँचथर हिलिहाङ गा.पा. ६ बस्ने वर्ष ३६ को लक्ष्मी प्रसाद मैनालीको दाहिने हातको हत्केलामा चोट, अबस्था बोल्न सक्ने सामान्य ।

प्रतिक्रिया