पोखरा, १४ कार्तिक २०८२ ।
गएराती चितवनमा दुई वटा यात्रुबहाक बस ट्रकमा ठोक्किदा ३३ जना घाइते भएका छन । गएराती १ बजेको समयमा भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ना–६ ख ८१३ नम्वरको ट्रकको पछाडि रौतहटबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१२३ नम्वरको यात्रुबहाक बस र सोही बसको पछाडि जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्वरको बस ठोक्किंदा ३३ जना घाइते भएका हुन्
उक्त दुर्घटनामा भएका घाइतेममध्ये १५ जनाको चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल भरतपुर र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
घाइते मध्ये आठ जनाको अवस्था मध्यम र २५ जनाको अवस्था सामान्य रहेको एसपी पुरीले बताए । दुई बस चालकमध्ये एक जना घाइते छ। बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका–४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । ट्रकका चालक भने फरार रहेको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको विवरण
क) चितवन मेडिकल कलेजमा लगिएका घाइतेहरु
१. उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ ।
२. धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया ।
३. सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह ।
४. धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी ।
५. धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा ।
६. धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण ।
७. सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण ।
८. सोही ठाउँ बस्ने आरुष कर्ण ।
९. धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी ।
१०. रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह ।
११. रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र ।
१२ रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह ।
१३. रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी ।
१४. महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव ।
१५. महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७ वर्षीय राम श्रेष्ठ ।
ख) नेशनल सिटी अस्पताल भरतपुरमा लगिएका घाइतेहरु
१. धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत ।
२. धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह ।
३. सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह ।
४. सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह ।
५. रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो ।
६. रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर ।
७. रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह ।
८. सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह ।
९. रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा ।
१०. भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद ।
११. भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी ।
१२. भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल ।
१३. भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल ।
ग) भरतपुर सरकारी अस्पतालमा लगिएका घाइतेहरु
१. धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी ।
२.रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास ।
३. रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह ।
४. सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास ।
५. भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब ।