पोखरा, १४ कार्तिक २०८२ ।
ठुलो मात्रामा अबैध लागू औषधसहित लमजुङका एक युवा तनहुँमा समातिएका छन्।
लमजुङ बेसीशहर नगरपालिका-११ घर भएका २६ वर्षीय बिवश तामाङ ठुलो मात्रामा अबैध लागू औषधसहित तनहुँमा समातिएका हुन्।
काठमाडौंबाट लमजुङ तर्फ आउदै गरेको म. प्र.०३-००१ ख.८१६३ नं. को यात्रुवाहक बसमा सवार तामाङलाई पृथ्वी राजमार्ग सडक खण्डको अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँको चेकीङ टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई चेकजाँच गर्ने क्रममा बिहीबार बिहान पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
तामाङ साथबाट उनले बोक्ने साईड झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा नियन्त्रित लागू औषध ट्रामाडोल चारसय ३८ क्याप्सुल बरामद भएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ।