नवलपुरको हुप्सेकोट प्रहरी चौकी तोडफोड र आगजनी गर्ने सातजना पक्राउ

नवलपुरको हुप्सेकोट प्रहरी चौकी तोडफोड र आगजनी गर्ने सातजना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ कार्तिक २०८२
  • 2.5K
    Shares

पोखरा, १४ कार्तिक २०८२ ।
जेन जी आन्दोलनको क्रममा नवलपुरको हुप्सेकोट प्रहरी चौकीभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेको आरोपमा सात जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा हुप्सेकोट गाउँपालिका–१ का ३० वर्षका नरबहादुर विक, सोही ठाउँका ३२ वर्षका चुमबहादुर राना, ४२ वर्षका मिनबहादुर थापा,३८ वर्षका अमरबहादुर कामी, १८ वर्षका ईश्वर सिंह ठकुरी, १९ वर्षका होमबहादुर थापा क्षेत्री र ३८ वर्षका शुबलाल थापा रहेका छन्।
प्रहरीका अनुसार हुप्सेकोट गाउँपालिका–१ बेलुवा स्थित प्रहरी चौकीमा अनाधिकृत रूपमा प्रवेश गरी कार्यालय भवन र सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको घटनामा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
उनीहरूलाई नवलपुर जिल्ला अदालतमा पेश गरी चार दिनको म्याद थप गरी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया