पोखरा, १३ कार्तिक २०८२ ।
स्याङ्जामा मोटरसाईकल चर्को आवाजमा चलाएको बिबादमा एक युवाको हत्या गरेर भागेका एक युवा झन्डै दुई महिना पछि पक्राउ परेका छन्।
वालिङ् नगरपालिका वडा नम्बर ५ जर्कोटमा चर्को आवाजमा मोटरसाइकल चलाएको भन्दै गरिएको बिबादमा सोही वडाको बाहुनडाँडा बस्ने ३२ वर्षीय ढाल बहादुर थापालाई कुटेर हत्या गरी भागेका युवा झन्डै दुई महिनापछि पक्राउ परेका हुन्
गएको भदौ ७ गते राती ढालबहादुरको हत्या गरेको आरोपमा लाका प्रहरी कार्यालय चापाकोट, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले गएको मंगलबार स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ५ काम्तीका १९ वर्षीय पर्बत खवासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
यस अघि नै सोही आरोपमा पक्राउ परेका सात जना गएको असोज २ गते पुर्पक्षमा रहने गरी स्याङ्जा जिल्ला कारागार चलान भैसकेको छन्।