पोखरा, १३ कार्तिक २०८२ ।
पोखराबाट ठुलो मात्रामा अबैध लागू औषधसहित दुई जना युवा पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटनबाट अबैध लागू औषध बिक्रि वितरण गरिरहेको अवस्थामा ठुलो मात्रामा लागू औषधसहित दुई जना युवा पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा पोखरा १२ बस्ने वर्ष २२ को राहुल घले र पोखरा १८ बस्ने वर्ष ३१ को सुदिप विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरुलाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले बुधबार राती अन्दाजी २०:५० बजेको समयमा पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनीहरुको साथबाट डाईजापाम- एकसय ४९ एम्पुल, फेनारगन- एकसय ४७ एम्पुल, नुर्फिन- एकसय ४७ एम्पुल गरी कुल चारसय ४३ एम्पुल लागू औषध र दुई थान मोबाईल बरामद गरिएको प्रहरीले दाबी गरेको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।