वीरगञ्जका अग्रवाल विदेशी मदिरासहित भारतमा पक्राउ

वीरगञ्जका अग्रवाल विदेशी मदिरासहित भारतमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ कार्तिक २०८२
  • 2.1K
    Shares

काठमाडौँ, १३ कार्तिक २०८२ ।

भारतमा एक नेपाली विदेशी मदिरासहित भारतमा पक्राउ परेका छन्। वीरगञ्जका रोहित अग्रवाल विदेशी मदिरासहित भारतमा पक्राउ परेका हुन्

बिहारमा आसन्न चुनाव नजिकिँदै गर्दा गरिएको नियमित चेकजाँचका क्रममा भारतस्थित हरैया प्रहरीले मदिरा सहितअग्रवाललाई पक्राउ गर्फेको प्राप्त समाचारमा जनाइएको छ।

प्रहरीले बागमती प्रदेश नम्बर बी एसी २११९ नम्बरको गाडी रोकि तलासी गर्दा गाडीभित्र लुकाइराखिएको दुईवटा हिमालयन रिजर्भ मदिरा बरामद गरेको हो।

थाना प्रभारी किशन कुमार पासवानका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–७, रेशमकोठीका निवासी ३५ वर्षीय छोरा रोहित अग्रवाल रहेका छन् । अग्रवालसँग सोधपुछ भइरहेको छ भने मदिरा तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी छ।

बरामद मदिरा र गाडी दुवै प्रहरी नियन्त्रणमा राखी कानूनी प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया