धनगढी जाँदै गरेको बस गएराती कपिलबस्तुमा दुर्घटनाग्रस्त : पैदलयात्रीको मृत्यु, पाँच जना घाइते

धनगढी जाँदै गरेको बस गएराती कपिलबस्तुमा दुर्घटनाग्रस्त : पैदलयात्रीको मृत्यु, पाँच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ कार्तिक २०८२
  • 4.8K
    Shares

पोखरा,१३ कात्तिक २०८२।

धनगढी जाँदै गरेको बस आज एकाबिहानै कपिलबस्तुमा दुर्घटनाग्रस्त हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ भने अन्य पांच जना यात्री घाइते भएका छन्।

काठमाडौंबाट धनगढी जाँदै गरेको बा.प्र.०१–००६ ख ८५ ०६ नं.को बस गएको राति करिब २ बजे कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनाग्रस्त हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन्।

दुर्घटनामा परेका अन्दाजी ५०–५५ वर्षका पैदल यात्रीलाई घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम र ठेगाना खुल्न बाँकी रहेको छ।

बसमा सवार घाइते यात्रुहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको जानकारी दिइएको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक विवरण संकलन भईरहेको बताए। प्रहरीले अनियन्त्रित बस र सडक सुरक्षा मापदण्डको उल्लङ्घनबारे पनि छानबिन गरिरहेको छ।

प्रतिक्रिया