बैतडीमा गएराती जिप दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते

बैतडीमा गएराती जिप दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ कार्तिक २०८२
  • 3.9K
    Shares

पोखरा,१३ कात्तिक २०८२।

बैतडीमा गएराती जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जिप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले जानकारी दिए।

अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

प्रतिक्रिया