पोखरा,१३ कात्तिक २०८२।
तनहुँमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको व्यास नगरपालिका–८ ढाँडमा २२ वर्षीया आशिका पौडेललाई बुधबार साँझ ८:१५ बजे घरको आँगनमा चितुवाले आक्रमण गरेको हो।
भाँडा माझ्न घर बाहिर निस्किएका बेला अचानक चितुवाले आक्रमण गरेपछि उनका श्रीमान् रोशन पौडेलले चितुवालाई भगाएको बताए ।
स्थानीयवासीको सहयोगमा महिलालाई उद्धार गरी उपचारका लागि दुईपिप्ले अस्पताल लमजुङ लगिएको स्थानीय ज्ञानेश्वर मिश्रले जानकारी दिए।
व्यास ८ वडा कार्यालय नजिकै घरको आँगनमै आएर चितुवाले आक्रमण गरेपछि सो क्षेत्रका बासिन्दा त्रसित बनेका छन्।
घरकाे आगनमै चितुवाले आक्रमण गरेपछि स्थानीय चिन्तित भएकाे व्यास–८ का वडा सदस्य रामप्रसाद मिश्रले जानकारी दिए ।