सुर्खेतमा जात्रा हेर्न संगै गएका २१ वर्षीय भतिजाद्वारा २० वर्षीय काकाको हत्या

सुर्खेतमा जात्रा हेर्न संगै गएका २१ वर्षीय भतिजाद्वारा २० वर्षीय काकाको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ कार्तिक २०८२
  • 2.8K
    Shares

पोखरा,१३ कात्तिक २०८२।

सुर्खेतमा २१ वर्षीय भतिजाले २० वर्षीय काकाको हत्या गरेका छन्।

पश्चिम सुर्खेतको चौकुने–१०, घाटगाउँमा कात्तिक ३ गते राति लाग्ने भुवा जात्रा हेर्न गएका २१ वर्षीय भतिजाले २० वर्षीय काकाको हत्या गरेका हुन्।

भुवा जात्रा हेर्न गएका चौकुने गाउँपालिका–७, गुटुका २१ वर्षीय भुवन धमलाको हत्या उनका काका पर्ने २० वर्षीय हेमन्त धमला (हिरा)ले हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार भुवन र हेमन्तबिच कात्तिक ३ गते राति जात्रामा मदिरा सेवनपछि मोबाइल र पैसाका विषयमा सामान्य विवाद हुँदा कुटाकुट भएको थियो । सोही क्रममा मदिराले लठ्ठ हेमन्तले भुवनलाई निर्घात कुटपिट गरेको र सोही कुटपिटले नै भुवनको ज्यान लिएको प्रहरीको निष्कर्ष छ ।

जात्रा हेर्न गएका भुवन घर नफर्किए पछि उनका परिवारले खोजीका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएका थिए। जात्रा सकिएको तीन दिनपछि कात्तिक ७ गते दिउँसो चौकुने–१० को ताताथाई भन्ने ठाउँमा भुवनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढ्थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार उनको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो । शवको प्रकृति र घटनास्थलको अध्ययनबाट भुवनको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो ।

अनुसन्धानका क्रममा जात्रा हेर्न संगै गएका काका हेमन्तको ज्याकेटमा रगत लागेको भेटिए पछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

मृतकका आफन्तले हेमन्तकै नाममा किटानी जाहेरी दिएका छन् ।

प्रहरीले हेमन्तलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी बुधबार म्याद थप गरेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया