डोटीमा शिक्षिका मृत भेटिइन् : शिक्षा अधिकृत पक्राउ

डोटीमा शिक्षिका मृत भेटिइन् : शिक्षा अधिकृत पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ कार्तिक २०८२
  • 5.2K
    Shares

पोखरा,१२ कात्तिक २०८२।

डोटीमा धिक्षिका मृत भेटिएपछि शिक्षिका अधिकृत पक्राउ परेका छन्।

डोटीको पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का आफ्नै घर नजिक मृत भेटिए पछि गाउँपालिका अन्तरगतको शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई पक्राउ गरेको हो।

शिक्षिका खड्का आफ्नै घर नजिक झुण्डिएको अवस्थामा भेटिएकी प्रहरीले जानकारी दिएको छ। मृतक शिक्षिकाले मर्नु अघि लेखेको सुसाइड नोटमा अधिकृत रावल आफ्नो मृत्युको कारण रहेको उल्लेख गरिदिए पछि पक्राउ गरिएको प्रहरीले बताएको छ। रावलमाथि आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए।

मृतक खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

उक्त सुसाइत नोटमा विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि आफु आत्महत्या गर्न बाध्य भएको खुलाएकी छिन। विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले खड्काका भाइ प्रदीप खड्कालाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्क्याएका थिए ।

रावलको निरन्तरको धम्कीपछि खड्काले गत १० कात्तिकमा घरभन्दा सातसय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । रावलविरुद्ध मृतक खड्काका बुबा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन् । जोहेरीपश्चात् ११ कात्तिकमा नै रावललाई पक्राउ गरिसकेको छ ।

रावल डिभोर्सी हुन् । उनका दुई सन्तान रहे पनि उनीहरू आमासँगै बसिरहेका छन् ।

खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत थिइन्। उनले यसअघि धनगढीको डिस्कभरी स्कुलमा अध्यापन गर्दै शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन्।

प्रहरीका अनुसार मृतक अविवाहित थिइन् भने पक्राउ परेका रावल विवाहित जीवनपछि सम्बन्धविच्छेद गरिसकेका व्यक्ति हुन्।

प्रतिक्रिया