काठमाडौँ,१२ कात्तिक २०८२।
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रानाभाटले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।
२०५८ साउन १८ मा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका रानाभाट यसैवर्ष एसएसपीमा बढुवा भएका थिए । उनी २०८२ साउनमा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए ।
रानाभाटले राजीनामा पेश गरेको प्रहरी प्रधान कार्यालय स्रोतलाई उद्धृत गर्दै प्राप्त समाचारमा जनाइएको छ।
राजीनामा स्वीकृतिका लागी आईजीपीले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । एसएसपीको राजीनामा मन्त्रालयले स्वीकृत गर्नुपर्ने कानूनी प्राबधान रहेको छ ।