गएराती रुपन्देहीमा इभी गाडी दुर्घटनाग्रस्त : तीन जनाको निधन , चार जना घाइते

गएराती रुपन्देहीमा इभी गाडी दुर्घटनाग्रस्त : तीन जनाको निधन , चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ कार्तिक २०८२
  • 3.1K
    Shares

पोखरा,१२ कात्तिक २०८२।

रुपन्देहीमा गएराती कार दुर्घटनाग्रस्त हुँदा तीन जनाको निधन भएको छ भने अन्य चार जना घाइते भएका छन्।

रुद्रपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी गएराती राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको बाँझिको रुखमा ठोक्किँदै करिब तीन मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा तीन जनाको निधन भएको हो भने अन्य चार जना घाइते भएका छन्।

रुपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडक खण्डमा भएको उक्त कार दुर्घटनामा परेर सैनामैना–८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिकको निधन भएको प्रहरीले जानकारी दिएको छ। तीमध्ये आचार्यको कात्तिक १२ गते राति १२ः३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै थापा र बिकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार , सोही दुर्घटनामा परेर गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन्। उनीहरुको टाउकोमा गम्भीर चोट लागेकाले मध्यरातमा नै थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल र मर सिटी अस्पताल बुटवल पठाइएको प्रहरीले बताएको छ।

दुर्घटनाको कारण अत्यधिक गतिका कारण गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार