सूर्यबहादुर थापा देवघाटको जङ्गलमा मृत भेटिए

सूर्यबहादुर थापा देवघाटको जङ्गलमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०८२
  • 6.7K
    Shares

पोखरा,११ कात्तिक २०८२।

देवघाटको जङ्गलमा सूर्यबहादुर थापा मृत भेटिएका छन्।

तीन हप्तादेखि सम्पर्कबिहिन थापा आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटस्थित सतनचुली सामुदायिक वनमा मृत भेटिएका हुन्।

अन्दाजी ३५ वर्षीय थापालाई गाउँमा कालुराम पनि भनेर चिन्ने गरिन्छ र उनी गोर्खा जिल्लाको शहिदलखन गाउँपालिका वडा नं २ मनकामना कोटगाउँका बासिन्दा हुन्।

मनकामना जीर्णोद्वार समितिमा कार्यरत थापा गत असोज १९ गते बिहान घरबाट अफिस जान्छु भनेर हिँडेका र त्यसयता सम्पर्कबिहिन बनेका उनका आफन्तहरुले बताएका छन् ।

कालुराम थापाको शव आइतबार दिउँसो १२ बजे प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया