तनहुँको एक्लेफाँटमा विद्युतीय माइक्रो बस दुर्घटना : १४ जना घाइते (नामबलीसहित)

तनहुँको एक्लेफाँटमा विद्युतीय माइक्रो बस दुर्घटना : १४ जना घाइते (नामबलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०८२
  • 5.8K
    Shares

पोखरा,११ कात्तिक २०८२।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको एक्लेफाँटमा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो बस आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मङ्गलबार हुँदा १४ जना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा परेर घाइते हुनेहरुमा माइक्रो चालक लमजुङको बेसीशहर नगरपालिका–८ बस्ने ४२ वर्षीय इश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ, ३७ वर्षीय डोलराज तामाङ, लमजुङको दोर्दी गाउँपालिका–४ बस्ने २० वर्षीया गङ्गा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुरको देवचुली नगरपालिका–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर महानगरपालिका–१६ वर्षीया गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र ५ वर्षीया सिर्जना तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रबक्ता प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । दुर्घटनाका घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उक्त विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाइ सडकछेउको भित्तामा ठोक्किएर सडक छेउमा रोकी राखेको नेपाल विद्युत प्राधिकरणको बा १ ञ १२८७ नम्बरको सवारी साधनसँग समेत ठोक्किएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया