पोखरा,११ कात्तिक २०८२।
रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटनाग्रस्त हुँदा ट्रयाक्टर चालकको मृत्यु भएको छ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ६ शान्ति बजारस्थित भित्री सडक खण्डमा सोमबार साँझ लु.प्र २००१ त ००२३ नम्बरको ट्रयाक्टर दुर्घटनाग्रस्त हुँदा ट्रयाक्टर चालकको मृत्यु भएको हो ।
उक्त ट्रयाक्टर दुर्घटना हुँदा चालक चौरजहारी नगरपालिका वडा नम्बर ३ स्यालाखोला घर भएका ट्याक्टर चालक ३० वर्षीय कृष्ण विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त ट्रयाक्टर अनियंत्रित भइ रोडको साइडको नालामा पल्टिएको प्राप्त समाचारमा जनाइएको छ।