पोखरा, १० कात्तिक २०८२।
गएराति गुल्मीमा गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
अग्लुङफेदीबाट पैयापाटा जाँदै गरेको रा १ त ३५०२ नम्बरको ट्याक्टर गएराति गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङमा दुर्घटनाग्रस्त हुँदा सहचालकको मृत्यु भएको हो ।
उक्त ट्याक्टर दुर्घटनामा परेर प्युठानको गौमुखी गाउँपालिका–३ रजबार घर भएका सहचालक १९ वर्षका मेघराज पुनको मृत्यु भएको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान अनुसार, ट्याक्टरको ब्रेक फेल भएको चालकले बताएपछि सहचालक पुनले आतङ्कित भएर हाम फाल्दा ज्यान गएको खुलेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय गुल्मीले थप अनुसन्धान सुरु गरेको जनाएको छ