कैलालीको जोशीपुरमा आफ्नै श्रीमानको हत्या : श्रीमती पक्राउ

कैलालीको जोशीपुरमा आफ्नै श्रीमानको हत्या : श्रीमती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ कार्तिक २०८२
  • 4.4K
    Shares

पोखरा, ९ कात्तिक २०८२।
कैलालीको जोशीपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । जोशिपुर ३ लकडमा शनिबार राति करिब ११ बजे ३५ वर्षीया सुनिता देवी कठरियाले आफ्ना ५० वर्षीय श्रीमान लखनलाल कठरियाको हत्या गरेकी हुन्।

घरायसी सामान्य विवादका क्रममा सुनिता देवीले आफ्ना श्रीमान लखनलाल कठरियालाई हथौडाले हान्दा गम्भीर घाइते भएकोमा तत्काल उपचारका लागि टीकापुर अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र बहादुर साउँदका अनुसार घटनास्थलबाट प्रयोग गरिएको हतौडा बरामद गरिएको छ र आरोपी सुनितालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान शुरु गरिएको छ। शव परीक्षणपछि आइतबार प्रहरीले बुझेको छ ।

प्रतिक्रिया