प्रहरी प्रभाग साँखुमा आगजनीमा संलग्न आरोपमा दुई जना पक्राउ

प्रहरी प्रभाग साँखुमा आगजनीमा संलग्न आरोपमा दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ कार्तिक २०८२
  • 2.6K
    Shares

काठमाण्डौ ९ कात्तिक २०८२ । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी गर्ने तथा प्रहरीमाथि कुटपिटमा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

प्रतिक्रिया