जेन जी आन्दोलनमा दरबारमार्ग प्रहरी वृत्तबाट लुटिएको पेस्तोलको पांच थान गोलीसहित दुई युवा पक्राउ

जेन जी आन्दोलनमा दरबारमार्ग प्रहरी वृत्तबाट लुटिएको पेस्तोलको पांच थान गोलीसहित दुई युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ कार्तिक २०८२
  • 5.1K
    Shares

काठमाडौँ, ९ कार्तिक २०८२।

जेन जी आन्दोलनका क्रममा काठमाण्डौस्थित प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलको गोली लुकाइछिपाई राखेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

गत भदौ २४ गते भएको जेन जी युवाहरूको प्रदर्शनका क्रममा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलको गोली लुकाइछिपाई राखेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दियाको बढैया गाउँपालिका–३ घर भई हाल काठमाडौँ कपन बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई हाल काठमाडौँ मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर रहेका काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

अनुसन्धानका क्रममा गिरीको लाजिम्पाटस्थित कोठा खानतलासी गर्दा ३११२३ लेखिएको पेस्तोलको गोली तीन थान फेला परेको र थापामगरलाई खोजतलास गर्दै जाने क्रममा मालिगाउँ आनन्द भैरव मार्गस्थित रहेको कोठा खानतलासी गर्दा उक्त कोठाबाट पनि ३११२३ लेखिएको पेस्तोलको गोली दुई थान, छालाको पेटी बेल्टको बक्कल एक थान फेला पारी बरामद गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताएका हुन् ।

उनीहरुलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटमा गरिएको चेकजाँचका क्रममा शङ्कास्पद अवस्थामा फेला परेका गिरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनका साथी थापामगरको कोठामा पेस्तोलको गोली भेटिएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए ।

पक्राउ परेका गिरीलाई सोधपुछ गर्दा गत भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली लुकाइछिपाई राखेको र निजका साथी थापामगरले पनि प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली लुकाइछिपाई राखेको जानकारीअनुसार निजहरूलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया