भीमफेदी कारागारबाट भागेका कुमालको नवलपुरको गैंडाकोटमा हत्या : पांच जना पक्राउ

भीमफेदी कारागारबाट भागेका कुमालको नवलपुरको गैंडाकोटमा हत्या : पांच जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ कार्तिक २०८२
  • 3.8K
    Shares

पोखरा ८ कार्तिक २०८२ ।

जेनजी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट भागेका एक कैदीको नवलपुरको गैंडाकोटमा हत्या भएको छ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते मकवानपुरको भीमफेदी कारागारबाट भागेका चितवनको कालिका नगरपालिका– ४ पदमपुर स्थायी घर भएका २८ वर्षिय नारायण कुमालको नवलपुरको गैंडाकोटमा हत्या भएको हो।

प्रहरीका अनुसार , कुमालको गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै गत बिहिबार राति स्थानीय युवाहरूले धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । करिब १४/१५ जनाको संख्यामा आएका युवाहरूको समूहले कुमाललाई घाँटी र हातमा धारिलो हतियार प्रहार गरेर हत्या गरेका प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्।

कुमालको हत्यामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटले पांच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले जानकारी दिए।

मृतक कुमाल जेनजी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएको जेलर सुवास पौडेलले जानकारी दिए । जर्बजस्ती करणीको कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो । २०७४ साउन ३ गते पक्राउ परेका उनी २०८४ मा छुट्ने क्रममा रहेको जेलर पौडेलले बताए ।

कारागारबाट भागेका कुमाललाई पटकपटक कारागार आउन खबर गरे पनि उनी भागेर बसेका थिए । पौडेलका अनुसार कारागार प्रशासनले कुमालको परिवारलाई समेत फोन गरेर कारागार पठाउन आग्रह गरेको थियो । तर, परिवारले पठाइदिने बताए पनि पठाइदिएको थिएन ।

प्रतिक्रिया