नवलपुरको गैंडाकोटमा युवाको हत्या : चार जना पक्राउ

नवलपुरको गैंडाकोटमा युवाको हत्या : चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ कार्तिक २०८२
  • 3.6K
    Shares

पोखरा, ८ कार्तिक २०८२ ।

नवलपुरमा एक युवाको हत्या भएको छ।

नवलपुर्को गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षका नारायण कुमालको बिहिबाए राती हत्या भएको हो।

कुमाललाई युवाहरूको एक समूहले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ। कुमालको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया