काठमाडौँ, ७ कार्तिक २०८२ ।
मोरङमा बेपत्ता भएकी १२ वर्षीया बालिका झन्डै साढे दुई सातापछि मृत भेटिएकी छिन।
गएको असोज २२ गते साँझदेखि सम्पर्कविहीन रहेकी लेटाङ २ स्कुल चोककी १२ वर्षीया अंशु गौतम मृत अवस्थामा भेटिएकी हुन्। उनको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा क्षतबिक्षत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
इष्टमित्र, आफन्तकोमा सोधीखोजी गर्दा समेत नभेटिए पछि उनका परिवारले उनको खोजीका लागि प्रहरीमा समेत उजुरी दिएका थिए।
घटनापछि परिवार र स्थानीय बासिन्दा स्तब्ध बनेका छन्। गाउँभर शोक र आक्रोशको माहोल छ। स्थानीयले घटनाको निन्दा गर्दै दोषीलाई शीघ्र कानुनी कारबाही गर्न माग गरेका छन्।
बालिकाको मृत्युको विषयमा प्रहरीले थप अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ।