सोलुखुम्बु जिप दुर्घटना अपडेट : मृतक तीन जना महिलाकै भयो सनाखत

सोलुखुम्बु जिप दुर्घटना अपडेट : मृतक तीन जना महिलाकै भयो सनाखत


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ कार्तिक २०८२
  • 5.2K
    Shares

काठमाडौँ, ७ कार्तिक २०८२ ।

सोलुखुम्बुमा बिहिबार बेलुका भएको जीप दुर्घटनामा निधन भएका तीनै जना महिलाको सनाखत भएको छ।

माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ गुडीरहेको जीप माप्य दूधकोशी गाउँपालिका–६ भिरकुनामा दुर्घटनाग्रस्त हुँदा निधन भएका तीनै जना महिलाको सनाखत भएको हो।

उक्त दुर्घटनाम निधन भएका महिलाहरुमा महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेस्कामकी १६ वर्षीया हवी राई, २० वर्षीया शान्ति राई र १७ वर्षीया निर्जला राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गाडीमा रहेका ११ जना यात्रुमध्ये जिल्ला अस्पताल फाप्लुमा दुई जनाको उपचार भइरहेको छ भने दुई जनालाइ एम्बुलेन्समार्फत काठमान्डौ पठाइएको छ । दुई जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया