देउसीभैलो खेल्ने क्रममा नवलपुरमा गएराती झडप : एक जनाको मृत्यु तीन जना पक्राउ

देउसीभैलो खेल्ने क्रममा नवलपुरमा गएराती झडप : एक जनाको मृत्यु तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ कार्तिक २०८२
  • 4.4K
    Shares

काठमाडौँ, ७ कार्तिक २०८२ ।

देउसीभैलोमा कुटपिट गरी हत्या गरिएका सन्त बहादुर ठाडामगर
देउसीभैलोमा कुटपिट गरी हत्या गरिएका ठाडामगर

नवलपुरमा गएराती देउसीभैलो खेल्ने क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। भने उक्त कुटपिटमा संलग्न रहेको आरोपम , आ प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ।

नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका–४, गोग्दीस्थित दुमकट्टामा देउसी भैलो खेल्ने क्रममा भएको कुटपिटमा ४४ वर्षीय सन्तबहादुर ठाडा मगरको मृत्यु भएको हो।
प्रहरीका अनुसार गएराति देउसी भैलो टोलीका सदस्यबीच विवाद हुँदा ४४ वर्षीय सन्तबहादुर ठाडा मगरमाथि कुटपिट भएको थियो। उक्त कुटपिटवाट घाइते भएका मगरलाई तत्काल उपचारका लागि स्थानीय लुम्बिनी मेडिकलमा लगिएकोमा राति करिब सवा ११ बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी सर्दीबाट प्रहरी नायब निरीक्षक कुमार बस्नेतको कमाण्डमा पाँच जनाको टोली र इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक थमनसिंह रानाको कमाण्डमा सात जनाको टोली घटनास्थलमा पुगेको थियो।

उक्त प्रहरी टोलीले घटनामा संलग्न रहेको आशंकामा बिनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टाका १९ वर्षीय रिङकु गुरुङ, १७ वर्षीय बिक्रम हिजा र २० वर्षीया धरन पाईजा मगरलाई नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ छ।

शवलाई पोस्टमार्टमका लागी मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

प्रतिक्रिया