काठमाडौँ, ६ कार्तिक २०८२ ।
#भारत_नेपाल सीमा नजिक खुनवा चौकीमा बुधबार SSB र स्थानीय प्रहरीको संयुक्त टोलीले एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। उनको साथबाट ५.०६३ किलो चाँदी, २२ ग्राम सुन र ३ लाख ८० हजार भारतीय रुपैयाँ बरामद भएको छ।यो घटनापछि सुरक्षा एजेन्सीहरू अब उक्त नेटवर्कको विस्तृत जाँचमा जुटेका छन्। प्राप्त जानकारीअनुसार, SSBको ४३औं बटालियन खुनवा चौकी र स्थानीय प्रहरीको टोली बुधबार संयुक्त चेकिङ अभियानमा रहेको बेला मुखबिरको सूचनाका आधारमा उक्त व्यक्ति भारतबाट नेपालतर्फ अवैध रूपमा धातु र नगद लैजाने तयारीमा रहेको बताइएको छ।