काठमाडौँ, ६ कार्तिक २०८२ ।
दाङको लमही बजारमा बसको ठक्करबाट एक जना पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले आज दिउँसो करिब १ बजे लमही बजार अन्तर्गत महेन्द्र राजमार्गमा ठक्कर दिंदा एक जना पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर राप्ती गाउँपालिका–५ सिंगे निवासी अन्दाजी ६५ वर्षीय राम प्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
पैदलयात्री भट्टराईलाई ठक्कर दिए पश्चात भागेको उक्त बस र चालक समेतलाई प्रहरीले नर्तिबाट पक्राउ गरी हाल लमहीमा ल्याइसकिएको प्रहरीले जनाएको छ