आज एकाबिहानै चितवनमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु , चालक घाइते

आज एकाबिहानै चितवनमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु , चालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ कार्तिक २०८२
  • 4.9K
    Shares

चितवन, ६ कार्तिक २०८२ ।

चितवनको भरतपुरमा आज एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

टाँडीबाट गोन्द्राङतर्फ जाँदै गरेको ग १० प ६१२२ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका-१२ गोन्द्राङमा बिहान सवा ४ बजेतिर आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो भने चालक घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार तनहुँ देवघाट गाउँपालिका-२ घर भई हाल नवलपुरको गैंडाकोटमा बस्दै आएका ४४ वर्षीय टंक प्रसाद थापाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४:४४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोहि दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नवलपुरका गैंडाकोट नगरपालिका-१ का २६ वर्षीय केशव घर्ती मगरको सोही अस्पतालमा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

दुर्घटनास्थल गोन्द्राङ प्रहरी चौकीबाट करिब २० मिटर पूर्वमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया