काठमाडौँ, ६ कार्तिक २०८२ ।
झापाको बिर्तामोडमा कुटपिटबाट एक युवाको मृत्यु
झापाको बिर्तामोड –५ मा मङ्गलबार साँझ करिब ६ः३० बजे अज्ञात व्यक्तिहरुको कुटपिटबाट स्थानीय ३० वर्षीय जगन राजबंशी मृत्यु भएको हो।
सामान्य विवादका क्रममा एक व्यक्तिले राजबंशीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएका उनलाई आफन्तहरूले उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड पुर्याएका थिए। चेकजाँच गर्ने क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार कुटपिटमा संलग्न व्यक्तिको पहिचान भइसकेको छ र उनको खोजतलास जारी छ। मृतकको शव अहिले बिएण्डसी अस्पतालमै रहेको छ।
kutpit 3