करेन्ट लागेर रौतहटमा पूर्व वडाध्यक्षको मृत्यु

करेन्ट लागेर रौतहटमा पूर्व वडाध्यक्षको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ कार्तिक २०८२
  • 3.8K
    Shares

काठमाडौँ, ६ कार्तिक २०८२ ।

करेन्ट लागेर बुधबार रौतहटमा एक जना पूर्व वडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा गौर नगरपालिका– ५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादव भएको प्रहरीले जनाएको छ ।

खेतबारीमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर घाइते भएका यादवको उपचारका लागि लगिएकामा प्रादेशिक अस्पताले गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

प्रतिक्रिया